
दैलेख
दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी भएका हुन्।
वडा नम्बर १ को अध्यक्षमा विजयी भएका थापामगरले ४ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत प्राप्त गरेका छन् ।त्यस्तै एकीकृत समाजवादीका हरिबहादुर थापामगरले ३ सय मत प्राप्त गरेका छन्।
वडा नम्बर २ माविजयी भएका दुर्ग प्रसाद न्यौपानेले ४८२ मत प्राप्त गर्दै विजयी भएका हुन। एमालेका उम्मेदवारले ४०५ र माओवादी केन्द्रका उम्मेदवारले ३११ मत प्राप्त गरेका छन् ।
त्यस्तै दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार नरबहादुर पुरी बिजयी भएका छन् ।विजयी भएका पुरीले ४ सय १८ मतप्राप्त गरेका छन् । नेपाली काँग्रेसका गगनकुमार रोकामगरले ३ सय १८ माओवादी केन्द्रका बल बहादुर खत्रिले ३ सय ३८ मत प्राप्त गरेको नौमुलेका निर्वाचन अधिकृत हरि घिमीरेले जानकारी दिएका छन् ।










